दफा १५
अनुमतिपत्र खारेज
(१) देहायको अवस्थामा तोकिएको अधिकारीले अनुमतिपत्रमा उल्लिखित काममा आवश्यक सुधार गर्न वा निर्माण कार्य सम्पन्न गरी सेवा सञ्चालन गर्न सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई आदेश दिन सक्नेछः-

(क) यो ऐन वा यस ऐन अन्तर्गत: बनेको नियम

विपरीत कुनै काम गरेमा,

(ख) नियमित रुपमा खानेपानी तथा सरसफाइ सेवा

उपलब्ध नगराएमा,

(ग) खानेपानी तथा सरसफाइ सेवा प्रदान गरे बापत

तोकिएकोभन्दा बढी शुल्क लिएमा, वा

(घ) अनुमतिपत्रमा उल्लिखित अवधिभित्र आयोजना

वा सेवा प्रणालीको निर्माण, सञ्चालन तथा व्यवस्थापन नगरेमा ।

(२) उपदफा (१) बमोजिम दिएको आदेशको पालना नगरेमा वा अनुमतिपत्रमा तोकिएको शर्तको उल्लङ्घन गरेमा तोकिएको अधिकारीले दफा ११ बमोजिम दिएको अनुमतिपत्र खारेज गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम अनुमतिपत्र खारेज गर्नु अघि तोकिएको अधिकारीले सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई आफ्नो सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ:।